सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनमा वरिष्ठ अधिकारीहरूले दिए राजीनामा

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की नेतृत्वको सरकारले भ्रष्टाचार विरुद्धको अभियान थालेपछि वरिष्ठ अधिकारीहरूले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रपतिका एक प्रमुख सल्लाहकार, उपरक्षामन्त्री तथा उपमहाअभियोजकले राजीनामा दिएका हुन् । मंगलबार सरकारका एक जना शीर्ष सल्लाहकार, चार जना सहायक मन्त्री र पाँच क्षेत्रीय गभर्नरहरूले पराजीनामा दिएका हुन् ।

राष्ट्रपति जेलेन्स्की भ्रष्टाचारविरुद्ध कठोर बनिरहेको बेला थप वरिष्ठ सरकारी अधिकारीहरूले राजीनामा दिने संकेत दिएका छन् ।

एकजना बरिष्ठ सरकारी अधिकारी महँगा कारहरूको प्रयोगका कारण भ्रष्टाचार काण्डमा फसेपछि जेलेन्स्कीले भ्रष्टाचार विरुद्ध अभियान चलाउनु भएको हो ।

गत सोमबार घुस लिएको आरोपमा एक जना मन्त्री पक्राउ परेका थिए । जेलेन्स्कीले यसअघि नै सम्पूर्ण वरिष्ठ सरकारी अधिकारीले सरकारी कामकाजका लागि बाहेक देश छाड्न नपाउने घोषणा गरिसक्नु भएको छ ।

सरकारी अधिकारीहरुको राजीनामाले रुस युक्रेन युद्धमा केही धक्का लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ०८:४२