सूचनाको शक्ति - The Power Of Information

        

संसद भवन अगाडी आत्मदाह प्रयास गरेका प्रेम आचार्यको निधन

आत्मदाह प्रयास गरेका इलामका प्रेम आचार्यको निधन भएको छ । मंगलबार दिउँसो संघीय संसद् भवन अगाडि शरीरमा पेट्रोल खन्याएर आफैलाई आगो लगाएका आचार्यको आज निधन भएको हो ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको बुधबार निधन भएको डा.किरण नकर्मीले जानकारी दिए । डा.नकर्मीका अनुसार आचार्यको शरीरको ८० प्रतिशत जलेको थियो ।

आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा.तोसिमा कार्की अस्पताल पुगेकी थिइन् । उनले केही समय आचार्यसँग कुराकानी गरेकी थिइन् ।

आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेख्दै डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै मृत्युको बाटो रोजेको बताएका थिए ।

आफूले गरेको व्यवसाय र कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र रोजगारीका लागि विदेश जाँदा आफू ठगिएको, लुटिएको उनको गुनासो थियो ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार ०८:४१