सूचनाको शक्ति - The Power Of Information

        

फिल्म ‘तू झुठी मैं मक्कार’ को ट्रेलर सार्वजनिक

भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ को ट्रेलर सार्वजनिक भएको छ ।

लभ रन्जनले निर्देशन गरेको फिल्ममा रणवीर र श्रद्धासँगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायत कलाकारको अभिनय छ । फिल्म लभ फिल्म्स ब्यानर र टी सिरिजको सहकार्यमा बनेको हो ।

सार्वजनिक ट्रेलरमा एक झुठी प्रेमिका र चलाख प्रेमीको प्रेमद्वन्द्वको कथा देखाइएको छ । जसमा उनीहरू एकअर्कालाई जालमा फसाउन संघर्षरत छन् ।

यो फिल्म रोमान्टिक र कमेडीले भरिएको छ । श्रद्धा कपुर र रणवीर कपुर पहिलो पटक यो फिल्म मार्फत सहकार्य गर्दैछन् । रणवीर कपुर लामो समयपछि रोमान्स र कमेडी फिल्म लिएर ठूलो पर्दामा फर्किएका छन् । यो फिल्म होलीको अवसरमा ८ मार्च २०२३ मा प्रदर्शन हुनेछ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलवार ०८:४६