सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा १३.७१ अंकले गिरावट

साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ ।

सोमबार नेप्से १३.७१ अंक घटेर २१६५.१० बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६५ अंकले घटेको छ ।

सोमबार कारोबारमा आएका २५७ कम्पनीको १ करोड ७ लाख ५९ हजार कित्ता शेयर ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार नेप्सेसँग कारोबार रकम पनि घटेको छ ।

आइतबार करिब ५ अर्बको शेयर खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ ।

जसमा बैंकिङ उपसमूहको परिसूचक १.०८ अंक बढेको छ । तर यता विकास बैंक, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेमा गिरावट आए ५ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा आदर्श लघुवित्त वित्तीय संस्था, सानिमा जिआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।

त्यस्तै, पिपुल्स हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ । सोमबार कुमारी बैंकको २७ करोड ४८ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १६:५४