सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा हरिवोल गजुरेल नियुक्त

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त हुनु भएको छ ।

प्रधानमन्त्री दाहालले गजुरेललाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्नु भएको हो । सिन्धुलीका स्थायी वासिन्दा गजुरेल माओवादी केन्द्रका उपमहासचिव समेत हुनुहुन्छ ।

गजुरेल प्रधानमन्त्री दाहालका विश्वास पात्र मानिनुहुन्छ । गत आम निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ वाट प्रतिनिधि सभामा टिकट नपाएपछि भने गजुरेल दाहालसँग असन्तुष्ट रहनु भएको थियो । २०७४ मा भने गजुरेलले सिन्धुलीबाट जित्नु भएको थियो ।

त्यस अघि संविधान सभा निर्वाचनमा पनि गजुरेल विजयी हुनुभएको थियो । योसँगै प्रधानमन्त्री दाहालको सचिवालय ८ सदस्यीय बनेको छ । यस अघि प्रधमामन्त्री दाहालले सन्तु दराईलाई प्रमुख स्वकिय सचिव, रमेश मल्ल र गंगा दाहाललाई स्वकीय सचिव, सूर्यकिरण शर्मा, मनहरी तिमल्सिना, शिव खकुरेल र गोकर्ण भट्टलाई पनि सचिवालयमा नियुक्त गर्नु भएको थियो ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार १६:५२