सूचनाको शक्ति - The Power Of Information

        

जापानको एक अपार्टमेन्टमा आगलागी हुँदा ४ जनाकाे मृत्यु, ४ घाइते

जापानको एक अपार्टमेन्ट भवनमा आगलागी हुँदा ४ जना मानिसको मृत्यु भएको छ ।

जापानको पश्चिमी शहर कोबेमा अवस्थित एक अपार्टमेन्टमा आइतबार बिहानै आगलागी हुँदा अधिकांश मानिस मस्त निद्रामा थिए।

आगलागीमा ४ जना मानिसहरू जलेर घाइते भएका छन्। ३ तले अपार्टमेन्टको पहिलो तलामा लागेको आगो सल्केर ३ तलामै फैलिएको थियो ।

अग्निनियन्त्रकले सोही आगलागी भएको स्थानबाट ४ जनाको शव निकालेको र अरु ४ जनालाई अस्पताल पुर्याएको जनाइएकाे छ। उनीहरु अचेत अवस्थामा रहेकाे र उपचार जारी रहेको बताइएको छ ।

आगलागीको कारणकाे बारेमा अनुसन्धान जारी रहेकाे छ । आगलागीले अपार्टमेन्ट पूर्ण रूपमा क्षति ग्रस्त भएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ०७:५०