सूचनाको शक्ति - The Power Of Information

        

नील आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेका बजले गरे ९३ को उमेरमा चौथो विवाह

नील आर्मस्ट्रङसँगै चन्द्रमामा पुगेका बज एल्ड्रिनले ९३ वर्षको जन्मदिनमा विवाह गरेका छन् । यो उनको चौथो विवाह हो ।

बज एल्ड्रिन सन् १९६९ को अपोलो ११ मिसनमा चन्द्रमामा पाइला राख्ने दुई अन्तरिक्ष यात्रीमध्ये एक हुन् । उनले आफ्नो ९३ औं जन्मदिनमा विवाह गरेको ट्वीटमार्फत घोषणा गरेका छन् ।

उनले डाक्टर एन्का फौरसँग लस एन्जलस, क्यालिफोर्नियामा एउटा सानो समारोहमा विवाह गरेका छन् । ६४ वर्षकी आन्का फौर मेडिकल डाक्टर हुन् जसले हाल बज एल्ड्रिनको कम्पनी बज एल्ड्रिन भेन्चर्सका कार्यकारी उपाध्यक्षको रूपमा काम गर्छिन् ।

आन्काले १९९६ मा पिट्सबर्ग विश्वविद्यालयबाट केमिकल इन्जिनियरिङमा पीएचडी गरेकी थिइन् । आफ्नो ९३औं जन्मदिनमा र आफूलाई लिभिङ लेजेन्ड्स अफ एभिएसनद्वारा सम्मानित गरिएको दिनमा विवाह गरेको घोषणा गर्न पाउँदा खुसी भएको बताएका छन् । आफू लामो समयदेखिको आन्का फौरसँग प्रेममा रहेकोमा जन्मदिनमा विवाह बन्धनमा बाँधिएको उनले बताएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतवार ०९:४४