सूचनाको शक्ति - The Power Of Information

        

विपिन र अर्पण फिल्म “चलचित्र” मा अनुबन्धित

अभिनेता विपिन कार्की र अर्पण थापा नयाँ फिल्ममा अनुबन्धित भएका छन् ।  फिल्मको नाम रहेको छ “चलचित्र” ।

हरिका निर्देशकद्धय सफल केसी र प्रतिक गुरुङको निर्देशनमा निर्माण हुने फिल्ममा निर्माण टिम र अभिनेताद्धय कार्की र थापासँग लिखित सम्झौता भएको हो ।

रेजोनेटिङ पिक्चर्ससँगको सहकार्यमा मनराम ग्रुप र मन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मको कथा निर्देशकद्धय केसी र गुरुङ आफैंको रहेको छ ।

यसअघि सफल र प्रतीक निर्देशित सिनेमा ‘हरि’मा पनि विपिनको मुख्य भूमिकामा अभिनय गरेका थिए । यो फिल्म व्यवसायिक रुपमा असफल भए पनि समीक्षा अब्बल पाएको थियो ।

आगामी चैतबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । निकुन श्रेष्ठ र सुशान्त श्रेष्ठले संयुक्त रुपमा फिल्म निर्माण गर्न लागेका हुन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतवार ०९:११