सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा घरको गेटमा अड्किएर एक पुरुषको मृत्यु

 जिल्लाको नेपालगन्ज उपमहानगर  १०  मा एक व्यक्तिको घरको मेन गेटमा अड्किएर मृत्यु भएको छ।

स्थानीय कृष्णराजा गुप्ताको घरमा सोही नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय जितबहादुर भण्डारीको गेटको रडमा कपडा अड्किँदा झुन्डिएर मृत्यु भएको हो ।

भण्डारी हतारमा गेट चढ्दाचढ्दै कपडा अड्किएर झुन्डिदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी रामप्रसाद घर्तीले  जानकारी दिए ।

भण्डारीको विगतमा पनि आचरणमा ठिक नभएको घर्तीले बताए । तर उनी सो घरमा चोरी गर्न नै गएका थिए भन्ने आधार अझैसम्म नभेटिएको उनको भनाई छ ।

राती के कारणले उनी अर्काको घरको गेटमा चढ्न पुगे भन्ने विषयमा भने अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतवार ०८:४८