सूचनाको शक्ति - The Power Of Information

        

इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेस्टह्याम विजयी

इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र वेस्ट ह्याम विजयी भएका छन् ।

गएराति भएको खेलमा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० तथा वेस्ट ह्यामले एभर्टनलाई २–० गोलले हरायो ।

गएराति भएका अरु ४ खेल बराबरीमा सकिएका छन् । लिभरपुल र चेल्सी, लेस्टर सिटी र ब्राइटन, क्रिस्टल प्यालेस र न्युक्यासल तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले बराबरी खेलेर अङ्क बाँडेका छन् ।

लिभरपुल र चेल्सी तथा क्रिस्टल प्यालेस र न्युक्यासलले गोलरहित बराबरी खेले ।

त्यस्तै लेस्टर सिटी र ब्राइटनले २–२ तथा बर्नमाउथ र नटिङ्गघम फरेस्टले १–१ गोलको बराबरी खेलेका हुन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतवार ०७:४६