सूचनाको शक्ति - The Power Of Information

        

संघीय संसद

प्रतिनिधि सभाकाे उपसभामुख पदकाे चयनका लागि आज निर्वाचन हुँदै

रास्वपाकी इन्दिरा र कांग्रेसकी मुक्ता चुनावी प्रतिस्पर्धामा

संघीय संसदकाे प्रतिनिधि सभाकाे उपसभामुख पदकाे चयनका लागि शनिबार निर्वाचन हुने भएकाे छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा शनिबार दिउँसो १ बजे उपसभामुख पदको निर्वाचन हुने संसद सचिवालयले जनाएकाे हाे। उपसभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । उपसभामुखमा सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की इन्दिरा राना मगर र सत्ता गठबन्धन बाहिरका दलको तर्फबाट नेपाली कांग्रेसकी सांसद मुक्ता कुमारी यादवको उमेदवारी दर्ता भएको छ ।

उपसभामुख पदमा रानाको प्रस्तावकमा रास्वपाकी सांसद साेविता गौतम रहनुभएको छ । समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा एमालेका कृष्णगोपाल श्रेठ र नेकपा माओवादी केन्द्रकी नारायणी शर्मा रहेका छन्।

यादवको प्रस्तावकमा कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे र समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टीका सर्वेन्द्रनाथ शुक्ल, नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी हेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार ०९:४७