सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

उपसभामुखमा रास्वपाकी इन्दिरा राना मगरद्वारा उम्मेदवारी दर्ता

प्रस्तावकमा राश्वपाकी साेबिता गाैतम

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।

बिहान बसेको रास्वपाको संसदीय दलको बैठकले रानालाई उपसभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

रानाको प्रस्तावकमा राश्वपाकी साेबिता गाैतम र समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन रहनुभएको छ ।

रानालाई सत्ता साझेदार दलहरूको समर्थन रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार १५:३७