सूचनाको शक्ति - The Power Of Information

        

सुदनको नयाँ गीत ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ सार्वजनिक

मेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक सुदन गैरेले आफ्नो नयाँ गीत ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

पैसा कमाउनकै लागि विदेशिनु पर्दैन,विदेश जाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिने गीतमा शब्द गणेश शाहीले कोरेका छन् ।

गायक गैरेकै संगीत रहेको गीतमा पुष्कर सुनुवारको संगीत संयोजन छ । दुई युवा दम्पतिको जीवन संघर्षको कथा देखाउन खोजिएको भिडियोमा बिना राउत र सरोज प्रजाको अभिनय छ ।

फराज अर्पणको छायाँकन तथा सम्पादन रहेको भिडियो गणेश शाहीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १७:३६