सूचनाको शक्ति - The Power Of Information

        

“जेरी २” मा आना अनुबन्धित

फिल्म ‘जेरी २’ मा नायिका आना शर्मा अनुबन्धित भएकी छन् । निर्माण टिम र शर्मा बिच लिखित सम्झौता भएको हो ।

अब फिल्ममा अनमोल, आना र पूर्णिका मुख्य भूमिकामा रहनेछन् । हेमराज बीसीले निर्देशन गर्ने फिल्मका अन्य कलाकार तय हुन बाँकी छन् ।

फिल्मलाई न्यौपाने र रामकृष्ण श्रेष्ठले मिलेर निर्माण गर्न लागेका हुन् । फिल्मको मुख्य भुमिकामा अभिनेता अनमोल केसी छन् ।  ‘जेरी’को सफलता पश्चात् निर्माण युनिट जेरी २ निर्माण गर्न लागेका हुन् ।

एक महिनापछि छायांकन सुरु हुनेछ र लोकेसन पनि फाइनल छ । लुक्लादेखि सगरमाथा आधार शिविर, अष्ट्रेलिया र अमेरिकामा फिल्म छायांकन गर्ने तयारी छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १७:२९