सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीका मुख्यमन्त्री लीला गिरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लीला गिरीले आज  विश्वासको मत पाएका छन् ।

बिहीबार दिउँसो बसेको प्रदेशसभाको पहिलो अधिवेशनकाे चौथो बैठकमा मुख्यमन्त्री गिरीले ७ दलको विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री गिरीले नेकपा एमालेसहित माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जसपा,  जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र स्वतन्त्रको गरी ५७ मत प्राप्त गरेका हुन्  ।

उनको विपक्षमा २८ मत परेको छ । नेपाली कांग्रेस र जनमोर्चाले गिरीलाई  विश्वासको मत दिएनन् । मुख्यमन्त्री गिरी पुस २७ गते ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

लुम्बिनी प्रदेशमा कुल ८७ सांसद छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १७:१९