सूचनाको शक्ति - The Power Of Information

        

सभामुखमा घिमिरे

सभामुखमा एमालेका देवराज घिमिरे १ सय ६७ मतसहित निर्वाचित

को हुन् सभामुखमा निर्वाचित घिमिरे ?

;efd'v kbdf l3ld/] lgjf{lrt sf7df8f}F, % df3M k|ltlglw;efsf] ;efd'v kbdf laxLaf/ lgjf{lrt x'g'ePsf b]j/fh l3ld/] . tl:a/M /Tg >]i7÷/f;;

प्रतिनिधि सभाकाे सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित हुनुभएकाे छ । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो ।

मत विभाजनमा घिमिरेकाे पक्षमा एक सय ६७ मत खसेकाे छ । उहाँका विपक्षमा एक सय मत खसेकाे छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए ।

बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गर्नुभयाे ।

सत्ता गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार घिमिरेलाई सभामुखमा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएकाे थियाे । यस्तै उहाँकाे समर्थकमा नेकपा माओवादी केन्द्रका हितराज पाण्डे, राप्रपाका राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनुहुन्थ्याे ।

सभामुखका लागि नेपाली कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा हुनुहुन्थ्याे । उहाँकाे प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वाला रहनुभएको थियाे ।

सभामुख निर्वाचित भएपछि घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढङ्गबाट गर्ने बताउनुभयाे । उहाँले विगतबाट शिक्षा लिँदै संसद्लाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।

को हुन् सभामुखमा निर्वाचित घिमिरे ?

प्रतिनिधिसभाको सभामुखमा निर्वाचित नेकपा एमालेका सांसद देवराज घिमिरे लामो समयदेखि राजनीतिमा सक्रिय हुनुहुन्छ ।

हाल नेकपा एमालेको प्रदेश नम्बर १ का इन्चार्ज समेत रहनु भएका घिमिरे गत मंसिर ४ गते भएको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । यस अघि २०५६ सालमा उहाँ राष्ट्रिय सभामा सांसद हुनुभएको थियो । घिमिरेको जन्म ताप्लेजुङको श्रीजंगा गाउँपालिका–३ मा २०१३ साल जेठ १३ गते भएको थियो । हाल भने उहाँ झापाको अर्जुनधारा नगरपालिका वडा ६ का स्थायी बासिन्दा हुनुहुन्छ । उहाँ स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल (स्वागत) लाई हराएर झापा क्षेत्र नम्बर २ बाट २८ हजार ७ सय १६ मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित हुनु भएको हो ।

ताप्लेजुङ स्थित गाउँकै श्री सिंहदेवी प्राथमिक विद्यालयबाट विद्यालय शिक्षा हासिल गर्नु भएका घिमिरे काठमाडौँको त्रिचन्द्र क्याम्पसमा स्नातक तह अध्ययन गर्दा गर्दै कम्यूनिष्ट पार्टीको पूर्णकालीन कार्यकर्ताको रुपमा संगठित हुनुभएको थियो ।

वि.सं.२०३१ सालमा झापा बिद्रोह पछि राजनीतिमा लाग्नु भएका घिमिरे २०३२ माघदेखि अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी को–अर्डिनेशन कमिटीको गठनपछि विद्यार्थी संगठनमार्फत पार्टी काममा लाग्नु भएको थियो । घिमिरे २०३५ भदौमा पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।

२०३५ साल पुसमा नेकपा माले बनेपछि घिमिरेले तेह्रथुम र पाँचथर जिल्लामा पार्टीको संगठकको रुपमा काम गर्नु भएको थियो । घिमिरेले २०३६ देखि २०४६ सम्म १० वर्ष भन्दा बढी भूमिगत जीवन पार्टी निर्माणमा बिताउनु भएको थियो ।उहाँ २०४६ भदौमा लाहानमा सम्पन्न चौथो महाधिवेशन प्रतिनिधिको रुपमा सहभागी हुनुभएको थियो ।

नेकपा माले र एमालेको एकीकरणपछि २०४९ सालमा भएको पाँचौ राष्ट्रिय महाधिवेशनबाट घिमिरे एमालेको केन्द्रीय कमिटीमा निर्वाचित हुनुभएको थियो । उहाँले २०५० सालदेखि एमालेको मेची अञ्चल इन्चार्जको जिम्मेवारी पाउनु भएको थियो । घिमिरे २०७५ मा एमाले र माओवादी मिलेर बनेको नेकपाको प्रदेश १ को अध्यक्ष हुनु भएको थियो ।

उहाँ २०७८ मा चितवनमा सम्पन्न एमालेको दशौ राष्ट्रिय महाधिवेशनबाट स्थायी कमिटी सदस्य हुनु भएको थियो । घिमिरे अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुनुहुन्छ । घिमिरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्र मानिनुहुन्छ । त्यसकारण पनि एमालेले घिमिरेलाई सभामुख बनाएको हो । प्रतिनिधि सभामा आज भएको सभामुखको निर्वाचनमा घिमिरेले १६७ मत प्राप्त गरेर निर्वाचित हुँदा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरी न्यौपानेले सय मत प्राप्त गर्नुभएको थियो ।

सभामुखमा निर्वाचित भएपछि भने उहाँ पार्टीको कुनै पनि कमिटीमा नरहनुहुने एमालेका एक नेताले बताए । किनकि प्रतिनिधि सभाको समामुख पदको गरिमा र जिम्मेवारीको हिसावले स्वतन्त्र रहनु पर्छ भन्ने मान्यता छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १७:०५