सूचनाको शक्ति - The Power Of Information

        

झरनाको `भागवत गीता’मा बिपिन कार्की अनुबन्धित

फिल्म ‘भागवत गीता’मा बिपिन कार्की अनुबन्धित भएका छन् ।

कार्कीलाई निर्माण टिमले औपचारिक रुपमा लिखित सम्झौता भएको हो । फिल्ममा सुहाना थापा नायिकाको रुपमा रहेकी छिन्। यस अघी फिल्ममा अभिनेता धिरज मगरलाई निर्माण टिमले अनुबन्धित गरीसकेको छ ।

सुहाना इन्टरटेनमेन्टको प्रस्तुति र सुनिल कुमार थापा प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा संजय लामाको छायांकन, प्रवेश मल्लिकको ब्याकग्राउन्ड स्कोर, रामजी लामिछानेको कोरियोग्राफी, काव्या थापाको शृंगार र शाहील खानको सम्पादन रहनेछ ।

हाल स्किृप्ट लेखनको कार्य अन्तिम चरणमा रहेकाले फिल्म माघ २० गतेबाट फ्लोरमा जानेछ । जनकपुर र मनाङमा छायांकन गरिने फिल्मलाई त्रिनेत्रम डिष्ट्रिब्युसनले उपत्यकाबाहिर र काव्या फिल्म्सले काठमाडौंमा वितरण गर्दैछन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ०८:०४