सूचनाको शक्ति - The Power Of Information

        

मधेस प्रदेशमा आज सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र मधेस आन्दोलन स्मृति दिवसको रूपमा बिदा दिने निर्णय गरेको हो ।

मधेस आन्दोलनका क्रममा सिराहाको लहानमा रमेश महतोको ज्यान गएको दिनलाई मधेस बलिदानी दिवसका रूपमा प्रदेश सरकारले प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ०७:४०