सूचनाको शक्ति - The Power Of Information

        

ब्राउन सुगरसहित दुई जना पक्राउ

दाङ प्रहरीले लागू औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके जिल्ला कोलहरपुर नगरपालिका वडा नं. २ का ३६ वर्षीय उमंग बहादुर शाही र भारत उत्तर प्रदेश बहराइच चकियारोड रुपईडिहा बस्ने ५२ वर्षीय समसुल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरुलाई घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रामा संग्दिध अवस्थमा हिँडिरहेको बेला पक्राउ गरिएको प्रहरीले बतएको छ । लागूऔषध कारोबार भईरहेको भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई तुलसीपुरबाट घोराही तर्फ पैदल हिँडेर जाँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने ३७ ग्राम २९ मिलिग्राम धुलो पर्दाथ फेला पारेको जिल्ल प्रहरी कार्यालय दाङका डिएसपी राजन कुमार गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १८:१४