सूचनाको शक्ति - The Power Of Information

        

जसपा संसदीय दलको बैठक बस्दै

 जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्दैछ ।

संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने र सभामुख निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

यसअघि मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा सत्तारुढ दलहरुले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको थियो ।

प्रतिनिधि सभामा जसपाका १२ सांसद छन् ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ०९:२२