सूचनाको शक्ति - The Power Of Information

        

अफ्गानिस्तानमा चिसोले २० को मृत्यु

अफगानिस्तानमा अत्यधिक चिसोका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ ।

तापमानमा भएको गिरावटका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

यसै त गरिबी, खाद्यान्न र इन्धन अभावले समस्याग्रस्त अफगानिस्तानमा चिसो बढ्न थालेपछि जनजीवन थप कष्टकर बनेको हो ।

अफगानिस्तानको बद्घिस र अन्य प्रान्तमा चिसोले कम्तीमा ४ हजार गाईवस्तु मरेका छन् ।

हेरात प्रान्तको क्षेत्रीय अस्पतालहरु चिसोका कारण बिरामी भएकाहरुले खचाखच भरिएको छ ।

तालिवानले गत वर्ष काबुलमा सत्ता कब्जा गरेपछि ४ करोड अमेरिकी डलरका १८ प्याकेज र ३२ मिलियन अमेरिकी डलरका ३० भन्दा बढी प्याकेजहरू घोषणा गरेको थियो ।

सहयोगका बाबजुद अफगानिस्तानको गरिबी, कुपोषण र बेरोजगारी दर अझ खस्कँदो छ । यसका साथै प्राकृतिक प्रकोपहरूले अफगानहरूका लागि अवस्था अझ खराब बनाएको छ ।

देशले हाल इतिहासमा सबैभन्दा ठूलो मानवीय संकटको सामना गरिरहेको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ०९:१०