सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनी राष्ट्रपतिका सल्लाहकारले दिए राजीनामा

युक्रेनका राष्ट्रपतिका सल्लाहकार ओलेस्की अरेस्टोभिचले राजीनामा दिएका छन् ।

राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका सल्लाहकार ओलेस्कीले एक विज्ञप्तिमा युक्रेनको एयर डिफेन्सले निप्रो सहरमा रुसी मिसाइल खसालेको र उक्त मिसाइल भवनमा ठोक्किएको बताएका छन् ।

बीबीसीका अनुसार उक्त मिसाइल भवनमा ठोक्किँदा ४४ जनाको मृत्यु भएको छ । ओलेस्कीले आफूले ‘गल्ती’ गरेको र यसका लागि माफी पनि मागेको प्रष्ट पारेका छन् ।

उनको यो प्रतिक्रियाप्रति युक्रेनका जनता रुष्ट बनेका छन् ।

रुसी अधिकारीहरूले युक्रेनको घटनालाई बदनाम गर्न यो घटना प्रयोग गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार ०८:५६