सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति एमालेलाई, सभामुख आलोपालो, कुन मन्त्रालय कसको भागमा? 

नेकपा (एमाले)ले राष्ट्रपति र साढे दुई वर्ष सभामुख पाउने भएको छ।

माघ २ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा राष्ट्रपति एमाले र उपराष्ट्रपति नेकपा (माओवादी केन्द्र)ले लिने सहमति भएको माओवादीका एक नेताले जानकारी दिए।

उनका अनुसार सभामुख भने एमाले र माओवादीले आलोपालो गर्ने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पाउने ती नेताले बताए।

बालुवाटारमा गठबन्धन दलको बैठक बस्नु अघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा छलफल गरेर सहमतिको खाका तय गरेको एमालेका एक नेताले जानकारी दिए।

एमाले 
अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय

माओवादी केन्द्र 
भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन

रास्वपा 
गृह, शिक्षा र श्रम

राप्रपा 
उर्जा, खानेपानी र युवा तथा खेलकुद

जनमत
उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय

उपराष्ट्रपति नपाएपछि असन्तुष्ट जनता समाजवादी पार्टी सरकारमा सहभागी हुने नहुने कुराले हिजोको सहमतिमा केही हेरफेर हुन सक्ने माओवादीका ती नेता बताउँछन्।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०८:१९