सूचनाको शक्ति - The Power Of Information

        

क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु

क्यालिफोर्नियाको गोशेनमा अन्धाधुन्ध गोली चल्दा १७ वर्षीया आमा र उनको छ महिनाको बच्चासँगै ६ जनाको मृत्यु भएको छ ।

उक्त आक्रमणमा लागुऔषध गिरोहको हात रहेको हुनसक्ने अनुसन्धानकर्ताहरूको अनुमान छ । घटनामा संलग्न दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान मध्य क्यालिफोर्नियामा गोलीबारी भएको थियो । प्रहरी अधिकारी बोउडरेउक्सका अनुसार अभियुक्तले एउटा घरमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो। यसको भिडियो टुलारे काउन्टी शेरिफ अफिस (TCSO) को फेसबुक पेजमा पोस्ट गरिएको थियो ।

मृत्यु हुनेमा १६ वर्षीया आमा र उनको ६ महिनाको बच्चा रहेको उनले बताए ।  यो परिवारलाई जानाजानी निशाना बनाइएको र आक्रमणमा एउटा गिरोह संलग्न रहेको देखिन्छ।

एक हप्ता अघि पीडितको घरमा लागूऔषध खोजी वारेन्ट कार्यान्वयन गरिएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार ०८:०५