सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा सभामुख चयनका लागि आज अन्तिम दिन

सुदूरपश्चिम प्रदेशमा सभामुख र उपसभामुख पदकाे चयनका लागि संविधानले दिएको समय सीमा सोमबार सकिंदै छ ।

प्रदेश सभामा दुई पटक भएको निर्वाचनमा कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसक्दा सभामुख चयन हुन नसकेको हाे । सभामुख चयन हुन नसक्दा प्रदेश सभाले उपसभामुख पनि पाएको छैन ।

सभामुख चयनका लागि सोमबार पनि प्रदेश सभाको बैठक बोलाइएको सचिवालयले जनाएकाे छ । पोखरामा भएको विमान दुर्घटनामा सरकारले शोक बिदा दिएपनि सुदूरपश्चिममा भने संवैधानिक जटिलता उत्पन्न हुने भएकाले बैठक बस्नै पर्ने बाध्यता रहेकाे छ ।

प्रदेशमा सभामुख चयनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सत्तारुढ गठबन्धनले सभामुख पाउन नसकेको हो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १०:१९