सूचनाको शक्ति - The Power Of Information

        

कंगोमा एक चर्चमा बम आक्रमण हुँदा १० जनाको मृत्यु, ३९ घाइते

 प्रजातान्त्रिक गणतन्त्र कंगोको एक चर्चमा गरिएको बम आक्रमणमा १० जना मानिसहरूको मृत्यु भएको छ ।

साेही आक्रमणमा परी ३९ जना मानिसहरू घाइते भएका हुन्। युगाण्डाको सीमा नजिक कंगोको कासिन्दी शहरमा रहेको चर्चमा विद्रोही समूह आइ.एस.आइ.एल.ले प्राथना गरिरहेका मानिसहरुकाे माझ बम आक्रमण गरेको हो । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

कंगो सरकार र आइ.एस.आइ.एल.बीच सन् २०१९ मा भएको शान्तिवार्ताको उलंघन गर्दै सोही समूहले लगातार आतंकवादी आक्रमण गर्दै आएको छ ।गत अप्रिलदेखिको हिंसात्मक घटनामा कंगोमा ३ सय ७० जना मानिसको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार १०:१६