सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिममा सभामुख चयन नहुँदा संवैधानिक संकटको खतरा

सुदूरपश्चिम प्रदेशसभाको बैठक अहिले विहान सुरु भएको छ । दुईपटक प्रदेशसभाबाट सभामुख चयन हुन नसकेपछि फेरि आज प्रदेशसभा बैठक सुरु भएको हो ।

त्यसअघि अहिले सर्वदलीय बैठक बसिरहेको प्रदेशसभा सचिवालयका प्रवक्ता नरेन्द्रसिंह कुँवरले जानकारी दिए । सभामुख चयनका लागि के गर्नेरु भन्ने विषयमा छलफल गर्न बैठक बसिरहेको हो ।

२८ र ३० गते भएको सभामुखको मतविभाजनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावल कसैले पनि बहुमत पाउन सकेनन् ।

सुदूरपश्चिम प्रदेश संवैधानिक संकटको खतरान्मुख छ । शनिबारसम्म सभामुख चयन गरिसक्नुपर्छ । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र त्यसपछि सभामुखले उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ ।

१८ पुसमा बसेको प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठकले २८ पुसमा सभामुखको निर्वाचन गर्ने निर्णय गरेको थियो । त्यस दिन कसैको बहुमत नआएपछि ३० मत पनि मतविभाजन भएको थियो। तर त्यसमा पनि कसैको बहुमत आएन ।

सोही अनुसार दुई–दुई पटक सभामुखको मत विभाजन भए पनि कसैले बहुमत नल्याउँदा सभामुख चयन गरिसक्नु पर्ने समय सीमा घर्किदै जाँदा संवैधानिक संकट आउनसक्ने खतरा बढेको हो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार ०९:३१