सूचनाको शक्ति - The Power Of Information

        

पोखरा विमान दुर्घटना : शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने

पोखरामा आइतबार भएको यति एयरलाइन्सको विमान दुर्घटनाको दुःखमा आज सरकारले शोक विदा दिएको छ । आइतबारको मन्त्रिपरिषद् निर्णय अनुसार आज मुलुकभर शोक बिदा रहनेछ भने राष्ट्रिय झण्डा आधा झुकाइनेछ ।

आइतबार काठमाडौंदेखि पोखराका लागि उडान भरेको यति एयरलाइन्सको एटीआर–७२ विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी नजिकको खोंचमा दुर्घटनाग्रस्त बनेको थियो । बिहान १०ः५० बजे अन्तिम पटक विमानस्थल टावरसँग सम्पर्कमा रहेको विमानमा चालक दलका ४ र यात्रुहरू ६८ गरी ७२ जना सवार थिए ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार ०८:५९