सूचनाको शक्ति - The Power Of Information

        

इन्डोनेसियामा ६.० म्याग्निच्युडको भूकम्प

इन्डोनेसियाको सुमात्रा टापुको तटीय क्षेत्रमा सोमबार बिहान ६.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

भूकम्पको केन्द्रबिन्दु आचे प्रान्तको सिंगकिल सहरबाट ४८ किलोमिटर (३० माइल) दक्षिणपूर्वमा ४८ किलोमिटर गहिराइमा रहेको युएसजीएसले जनाएको छ । भूकम्पले पुर्‍याएको मानवीय क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । भूकम्पपछि सुनामीको चेतावनी भने दिइएको छैन् ।

एन्डोनेसियाले प्रशान्त महासागरको ‘रिङ अफ फायर’मा रहेको स्थानको कारणले बारम्बार भूकम्प र ज्वालामुखी गतिविधिको अनुभव गर्छ ।
नोभेम्बर २१ मा जाभाको मुख्य टापुको जनसंख्या भएको पश्चिम जाभा प्रान्तमा ५.६ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो क्षति भएको थियो ।

प्रकाशित मिति : २ माघ २०७९, सोमबार ०८:५६