सूचनाको शक्ति - The Power Of Information

        

विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री पोखरा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन् । आइतबार विहान यति दुर्घटना एयरलाइन्सको विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनाग्रस्त जहाज र उद्धारको अवस्थाबारे बुझ्नका लागि प्रधानमन्त्री पोखरा जान लागेका हुन् ।

प्रधानमन्त्रीका सचिवालयका अनुसार केही मन्त्रीसहित प्रधानमन्त्री जान लागेका हुन् । यसबारे छलफल गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ । बैठक सकेपछि प्रधानमन्त्रीको टोली पोखरा जाने भएका हुन् ।

आइतबार बिहान १०ः३२ मा पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर विमान सेती खोचमा दुर्घटनागस्त भएको थियो । उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवारका थिए । अहिले सुरक्षाकर्मी र स्थानीय लगायत उद्दार कार्यमा जुटेका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतवार १४:३२