यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपाली सेनाको जहाज विमानस्थलमा तयारी अवस्थामा छ ।
शवलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा लगेर पोस्टमार्टम गरिनेछ । त्रिभुवन विमानस्थलका एक अधिकारीले भने, ‘काठमाडौंमा जहाज तयारी अवस्थामा छ । आजै पोखराबाट शव काठमाडौं ल्याउने कुरा छ ।’
आज बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी एटीआर जहाज पोखरा विमानस्थलनजिक दुर्घटनामा परेको हो । विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए ।
सत्यपाटी संवाददाता । काठमाडौं