आइतबार पोखरामा दुर्घटनामा परेको जहाजमा सवार यात्रुको राष्ट्रियता खुलेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा चार जना चालक दलका सदस्यसहित कुल ७२ जना सवार थिए ।
जसमध्ये ५३ जना नेपाली, पाँच जना भारतीय, रुसका चार जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक जना यात्रु रहेका छन् ।
सत्यपाटी संवाददाता । काठमाडौं