सूचनाको शक्ति - The Power Of Information

        

जहाज दुर्घटना अपडेट

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान गरेकै जहाज दुर्घटनामा

पोखरामा आइतबार दुर्घटनामा परेको ९एन–एएनसी जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अवतरण गरेको जहाज हो ।

२२ डिसेम्बरका दिन पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा डेमो उडान गरिएको थियो । सो क्रममा यतिको यसै जहाजले डेमो उडान गरेको थियो । आज जहाज उडाइरहेका क्याप्टेन अनिल केसी समेत अनुभवी पाइलट हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०ः२५ मा उडेको यो जहाज २५ मिनेटमा पोखरा अवतरण गर्नु पर्ने थियो । जहाज दुर्घटनाको कारण अझै नखुलेको त्रिभुवन विमानस्थलस्थित उद्धार तथा राहत केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतवार १२:२४