सूचनाको शक्ति - The Power Of Information

        

विमान दुर्घटना अपडेट

विमान उल्टोपाल्टो भएर हल्लिंदै सेतीको खोंचमा खस्यो : प्रत्यक्षदर्शी

काठमाडौंबाट पोखरा जाँदै गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिक दुर्घटना भएको यति एयरलाइन्सको एटीआर ७२ विमान दुर्घटना हुनुअघि अनियन्त्रित हुँदै आएको देखिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शी रहेका रविन्द्र खड्काका अनुसार विमान हेर्दैमा उल्टोपाल्टो भएर हल्लिंदै आएको थियो । ‘खस्ने बेलमा विमान पुरै उल्टै भयो, एकैचोटी भुईंमा झर्यो,’ उनले भने, ‘ठूलो आवाज आयो ।’ दुर्घटनाका भएको १२ मिनेटपछि दमकल आएको उनले बताए ।

‘घटना ठ्याक्कै १०ः५१ मा भएको हो । त्यही बेलामा मेरो कल आएको थियो,’ उनले भने । ६८ जना यात्रु र ४ जना चालक दलका सदस्यसहित पोखरा उडेको विमान सेती नदी खौंचमा दुर्घटा भएको हो । अहिले पनि उद्धारको काम चलिरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतवार १२:१६