सूचनाको शक्ति - The Power Of Information

        

विमान दुर्घटना अपडेट

पोखरामा विमान दुर्घटनालगत्तै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । पोखरामा विमान दुर्घटना भएलगत्तै प्रधानमन्त्रीले साढे १ बजे आकस्मिक बैठक बोलाएका हुन् ।

केहीबेर अघिमात्रै काठमाडौंबाट ६८ जना यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् ।

पोखरा विमानस्थल नजिकै भएको दुर्घटनास्थलमा आगो लागिरहेको विमानमा विमानस्थल तथा महानगरपालिकाको दमकलले आगो निभाउन प्रयास गरिरहेको छन् । अहिलेसम्म कति व्यक्ति हताहति भए भन्ने खुलेको छैन । घटनास्थलमा क्याप्टेन कमल केसीले उडाएको एटीआर ७२ विमान सेती खोचमा दुर्घटनाग्रस्त भएको हो ।

प्रकाशित मिति : १ माघ २०७९, आइतवार १२:०९