सूचनाको शक्ति - The Power Of Information

        

म्यानचेस्टर युनाईटेडसँग म्यानचेस्टर सिटी स्तब्ध

इंग्लिस प्रिमियर लिग फुटबलको म्यानचेस्टर युनाईटेडले म्यानचेस्टर सिटीलाई हराएको छ ।

शनिबार राति भएको खेलमा युनाईटेडले सिटीलाई २–१ ले हराएको हो ।

युनाइटेडको मैदानमा भएको खेलको ६० औं मिनेटमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याए ।

त्यसपछि ८२ औं मिनेटमा मार्कुस रास्फोर्डले गोल गर्दै युनाईटेडलाई २–१ को जित दिलाए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतवार ०८:५९