सूचनाको शक्ति - The Power Of Information

        

युक्रेनका मुख्य शहरमा रूसको आक्रमणको वर्षा, ९ जनाको मृत्यु

रुसले युक्रेनका मुख्य शहरहरुमा क्षेप्यास्त्र आक्रमणको वर्षा गरेको छ ।

रुसले डिनिप्रो शहरको एउटा आवासीय भवनमा गरेकाे आक्रमणमा करिब ९ जनाकाे मृत्यु भएकाे हाे । ९ तले उक्त अपार्टमेन्ट भवन पूर्ण रुपमा ध्वस्त भएको छ ।

युक्रेनको उर्जा पूर्वाधार लक्षित आक्रमणका कारण कीभ, खार्किभ र ओडेसा शहरमा आपत्कालीन अन्धकार छाएको छ । युक्रेनका अधिकांश विद्युतीय पूर्वाधारहरु यसअघि नैं ध्वस्त पारेको रुसले शनिबार गरेको आक्रमणबाट थप पूर्वाधारहरुमा क्षति पुगेको छ ।

बेलायतले युक्रेनी सेनाको लागि च्यालेन्जर ट्यांक पठाउने घोष्णा गरेपछि थप रुष्ट बनेको रुसले युक्रेनमाथि धमाधम मिसाइल प्रहार गरेको हो ।

युक्रेनलाई कुनै पनि राष्ट्रले थप हतियार उपलब्ध गराए कारबाहीलाई तीब्रता दिने रुसले चेतावनी दिएकाे छ ।

प्रकाशित मिति : १ माघ २०७९, आइतवार ०८:५६