सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जमा दादुरा खोपको कागजी कभरेज छताछुल्ल

नेपालगञ्जमा हरेक महिना ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । दादुराको खोप बच्चालाई दुईपटक लगाउनुपर्छ, ९ महिना २१५ महिनामा ।

यो अवधिमा छुटेका बच्चालाई ५ वर्षभित्रमा खोप लगाइन्छ । नेपालगञ्जलाई गत वर्ष नै पूर्णखोप सुनिश्चित घोषणा गरिसकिएको छ । यहाँको खोपको कभरेज ९७ प्रतिशत बढी छ ।

सरकारी निकायको यो झन्डै शतप्रतिशत कभरेजलाई अहिले देखिएको दादुरा संक्रमणले ‘कागजी कभरेज’ का रूपमा पुष्टि गरेको छ । किनकि, त्यही सरकारी निकायले अहिले देखिएका दादुराका संक्रमितले नियमित खोप नलगाएको बताइरहेका छन् ।

एकातिर ९७ प्रतिशत कभरेज देखाएर पूर्ण खोप घोषणा गर्ने अर्कोतिर खोप नलगाएका व्यक्तिमा दादुरा संक्रमण देखिएको पुष्टि गर्ने सरकारी अधिकारीको भनाइले खोपको कभरेजमा ठूलो प्रश्न उब्जिएको छ ।

स्रोत : नेपाल समाचारपत्र
प्रकाशित मिति : १ माघ २०७९, आइतवार ०७:१६