सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको आफ्नै नजर

संसदको ठूलो दल बनेर पनि सत्ता नेतृत्व गुमाएको नेपाली कांग्रेसले राज्यको दुई मुख्य पद राष्ट्रपति र सभामुखतर्फ नजर लगाएको छ ।

गत २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपति र सभामुखमा सत्ताभित्र र बाहिर रहेका दलसँग संवाद नीति लिएको छ ।

कांग्रेसले गत बिहीबार बसेको पदाधिकारी बैठकमार्फत सभामुख चयन विषयमा बाहिर र सत्ताधारी दलसँग संवाद अघि बढाउने निर्णय गरेको थियो ।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बिहीबार बसेको कांग्रेस पदाधिकारी बैठकले सो निर्णय गरेको कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले जानकारी गराए ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : १ माघ २०७९, आइतवार ०७:०७