सूचनाको शक्ति - The Power Of Information

        

ड्युटीमै सात जना प्रहरीसँग यौन सम्बन्ध राख्ने महिला प्रहरी बर्खास्त

एउटी महिला प्रहरी अधिकारीले यस्तो अपराध गरिन् कि सिङ्गो प्रहरी विभाग मात्र होइन पूरै देश चकित भएको छ । आरोप सार्वजनिक भएपछि अधिकारीविरुद्ध लामो अनुसन्धान भएको थियो । यसपछि प्रहरी अधिकारीले जागिर गुमाउनु परेको थियो । यी महिला प्रहरी अधिकृतले ड्युटीमा रहँदा धेरै प्रहरीसँग शारीरिक सम्बन्ध बनाएकी थिइन् ।

एकअर्कालाई फोनमा अश्लिल तस्बिर पठाउने गर्थे । घटनाको खुलासा भएपछि महिला प्रहरी अधिकृतसहित अन्य प्रहरीलाई कारबाही गरिएको छ । यो मुद्दा अमेरिकाको टेनेसी पुलिस स्टेशनसँग सम्बन्धित छ । योसँगै महिला प्रहरीको पहिचान मेगन हलको रुपमा भएको छ । उनी सात प्रहरीसँग यौन सम्बन्ध राखेको अवस्थामा पक्राउ परेकी थिइन् ।

अपराधको गम्भीरतालाई मध्यनजर गर्दै हलबाहेक अन्य चार प्रहरीलाई पनि बर्खास्त गरिएको छ । बाँकी तीन अधिकारी निलम्बनमा परेका छन् । न्युयोर्क पोस्टको रिपोर्ट अनुसार, कसैले मेगन हलको बारेमा ला भेर्गेनका मेयर, जेसन कोललाई सूचना दिए । त्यसपछि अधिकारीहरूले प्रहरीमाथि अनुसन्धान थाले ।

डिसेम्बरमा गरिएको अनुसन्धानले हलले प्रहरी स्टेशन, पार्टी र होटलका सहकर्मीहरूसँग सम्बन्ध विकास गरेको खुलासा गरेको थियो । यससँगै उनले अन्य अश्लिल गतिविधि पनि गरेकी थिइन् । जागिरबाट बर्खास्त गरिएका चार प्रहरीमध्ये एकलाई प्रश्न गर्दा उनले सबै कुरा बताएका थिए । हल आफै विवाहित छिन् र उनका श्रीमानले पनि उनलाई अर्कैसँग समातेका थिए ।

यसपछि लिङ्कहरू जोडिन थाले । जसको नाम खुल्यो उनीहरुलाई सोधपुछ गरिएको थियो । घटनामा हलसँग सोधपुछ गर्दा उनले प्रहरीसँग सम्बन्ध रहेको स्वीकार गरेकी थिइन् । उनले आफू खुल्ला विवाह (पति पत्नी बाहेक अरुसँगको सम्बन्ध)मा रहेको पनि बताइन् । सजाय पाएका एक प्रहरीले मेगन हलको मानसिक स्वास्थ्यलाई लिएर आफू चिन्तित रहेको बताए । उनी भन्छन् कि हलले धेरै रक्सी पिउने र तीव्र गतिमा गाडी चलाउँछिन् ।

उनले एक कार्यक्रममा बन्दुकको ट्रिगर पनि अन गरेकी थिइन् जसमा धेरै अफिसरहरू आफ्ना छोराछोरी लिएर आएका थिए । रिपोर्ट तयार गर्ने र अनुसन्धान गर्ने काम मानव संसाधन निर्देशक एन्ड्रयु प्याटनले गरेका छन् । कार्यस्थलमा आपत्तिजनक तस्बिर सेयर गर्नु यौन उत्पीडनको दायरामा आउने अनुसन्धान रिपोर्टमा उल्लेख छ । उनले आपत्तिजनक, अनुपयुक्त र अन्य कर्मचारीहरूको लागि कार्यस्थलको वातावरण बिगार्ने काम गरेको रिपोर्टमा भनिएको छ ।

प्रकाशित मिति : ३० पुष २०७९, शनिबार ०८:५३