लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा दुई दिन प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त निणर्य अनुसार लुम्बिनी प्रदेशमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ ।
यसअघिको सरकारले २०७८ चैत २१ गते गरेको निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला कानून तथा सञ्चार मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारले माघी दिवस मनाउने लुम्बिनी प्रदेश सरकारले माघी महोत्सव मनाउने भएको छ । सोमवार मुख्यमन्त्री निवास परिसरमा विशेष समारोहको आयोजना गरि महोत्सव मनाउन लागेको हो ।

सत्यपाटी संवाददाता । लुम्बिनी