ललितपुरको भैंसेपाटी सडकखण्डको अवलोकन गर्न पुग्नुभएका उपप्रधान एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले विकास निर्माणका काममा सरकार तमासा हेरेर नबस्ने बताउनुभयो ।
उहाँले विकास निर्माणका लागि नेपाल विद्युत प्राधिकरण, खानेपानी, मेलम्ची आयोजना, दूरसञ्चार र सडक विभाग सबै मिलेर काम गर्नुपर्ने आवश्यक्ता रहेको बताउनु भयो ।
उहाँले समन्वयको कमी र आफ्नो जिम्मेवारी बोध गर्न नसक्दा यसअघि विकास निर्माणको क्षेत्रमा देशले आवश्यक काम गर्न नसकेको भन्दै अब पनि सरकारले विकास निर्माणमा तमासा हेरेर नबस्ने बताउनु भयो ।
उहाँले गैर जिम्मेदार काम गर्नेलाई कारबाही गर्न सरकार नहिच्किचाउने पनि बताउनु भयो । मन्त्री श्रेष्ठले निर्माण व्यवसायीसँग तोकिएको समयभित्र काम सक्नैपर्ने लिखित प्रतिवद्धता भएको पनि बताउनु भयो ।
सत्यपाटी संवाददाता । काठमाडौँ