सूचनाको शक्ति - The Power Of Information

        

बालेनमाथि सुरक्षा खतरा, मागे प्रशासनसँग पिएसओ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन् ।

आफूमाथि सुरक्षा खतरा बन्दै मेयर शाहले पिएसओ माग गरेका हुन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै सुरक्षाकर्मी माग गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्यालय निवेदनलाई गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा पठाए छ । शान्ति सुरक्षा महाशाखाले निवेदन उपर जाँचबुझ गरी आवश्यक ठहर भएमा सुरक्षाकर्मी पठाउने छ ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार १५:५४