सूचनाको शक्ति - The Power Of Information

        

शाहरुख खान अभिनित ‘पठान’को ट्रेलर (भिडियो)

शाहरुख खान अभिनित बलिउड फिल्म ‘पठान’को ट्रेलर रिलिज भएको छ ।

सार्वजनिक ट्रेलरमा दीपिका पादुकोण, जोन अब्राहम, डिम्पललाई देखाइएको छ । ‘पठान’लाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।यसराज फिल्म्सको स्पाइ युनिभर्स अन्तर्गतको चौथों फिल्म हो ।

स्पाइ एक्सन थ्रिलर फिल्ममा शाहरुखले भारतीय जासूस संयन्त्र रअ एजेन्टका एक जासूसको भूमिका निर्वाह गरेका छन् । भने जोन खलनायकको भुमिकामा देखिएका छ्न् ।

फिल्म भारतीय गणतन्त्र दिवसको छेको पारेर २५ जनवरीदेखि विश्वव्यापी प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ०७:५४