सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

आजको मौसम : तराईमा हुस्सु

थोरै स्थानमा हल्का हिमपात

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

सुदूरपश्चिम, कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने तराईमा हुस्सु/कुहिरो लागेको छ।

दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

शनिबार कर्णाली, गण्डकी र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने प्रक्षेपण गरिएको छ।

प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ०७:२१