सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डलाई मन्त्रिपरिषद विस्तारमै सकस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन ।

सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन थालेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग प्रधानमन्त्री निरन्तर छलफलमा छन् ।

गत १० पुसमा प्रधानमन्त्री नियुक्त प्रचण्ड विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्तार तयारीमा थिए । तर, २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत पाए पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।

विश्वासको मत पाएपछि बुधबार एमाले अध्यक्ष ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा ओलीसँग उनले छलफल गरे ।

मन्त्रिपरिषद् विस्तार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुख नियुक्तिलगायत विषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

संघीय र प्रदेश सरकार गठन भइसकेको तर त्यसलाई पूर्णता दिन बाँकी रहेकाले त्यस’दयगत दुई नेताबीच गम्भीर छलफल भएको छ । मुख्यतः संघीय सरकारको मन्त्रालय भागबन्डा र प्रदेश सरकारको भागबन्डा विषयमा छलफल भएको हो ।

‘दुई अध्यक्षबीच संघीय र प्रदेश सरकारलाई पूर्णता दिने’दयगत छलफल भएको छ । अब सत्तारूढ दलसँग मन्त्रीको नामावली माग्ने कि सत्तारूढ दलको बैठक बसेर छलफल गरी अघि बढ्ने’दयगत दुई अध्यक्षले नै फेरि बसेर छलफल गर्नुहुन्छ,’ प्रचण्डको सचिवालयले भन्यो ।

ओली–प्रचण्डबीच सभामुख र उपसभामुख निर्वाचन, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन विषयमा समेत छलफल भएको छ । प्रधानमन्त्रीमा नेपाली कांग्रेससमेतले विश्वासको मत दिएपछि सशंकित एमाले अध्यक्ष ओलीलाई प्रचण्डले आफू दुई पार्टीबीच भएको समझदारीमा प्रतिबद्ध रहेको बताएका छन् ।

स्रोत : नागरिक दैनिक
प्रकाशित मिति : २९ पुष २०७९, शुक्रबार ०७:१८