सूचनाको शक्ति - The Power Of Information

        

साहित्य

कहिल्यै सुन्न नपरोस्

बल्नलाई आफ्ना जलायौ रे भन्ने कहिल्यै सुन्न नपरोस् । छल्नलाई कसम खायौ रे भन्ने कहिल्यै सुन्न नपरोस् ।।

बल्नलाई आफ्ना जलायौ रे भन्ने कहिल्यै सुन्न नपरोस् ।
छल्नलाई कसम खायौ रे भन्ने कहिल्यै सुन्न नपरोस् ।।

स्वाभिमानलाई समात्नु सत्यतामा टेक्नु ।
उक्लिनलाई आफ्ना लडायौं रे भन्ने कहिल्यै सुन्न नपरोस् ।।

पारदर्शितामा पौडिनु बिस्वासमा डुब्नु ।
तैरिनलाई मित्र डुबायौ रे भन्ने कहिले सुन्न नपरोस् ।।

आत्मबिस्वासलाई नछोड्नु मानवताई अुगाल्नु ।
थप्नलाई भएका सल्कायौ रे भन्ने कहिल्यै सुन्न नपरोस् ।।

भावले पोखिनु रित्तिनुको पिर नगर्नु ।
कर्मफल बदल्न मन्दिर धायौं रे भन्ने कहिल्यै सुन्न नपरोस् ।।

बल्नलाई आफ्ना जलायौ रे भन्ने कहिले सुन्न नपरोस् ।
छल्नलाई कसम खायौ रे भन्ने कहिल्यै सुन्न नपरोस् ।।

प्रकाशित मिति : २८ पुष २०७९, बिहीबार ०८:५९