लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता लीला गिरी नियुक्त हुनुभएको छ ।
गिरी सात वटा दल र तीन जना स्वतन्त्र गरी ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएकाे हाे । उहाँलाई आज बुधवार प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
गिरी लुम्बिनी प्रदेशको तेस्राे मुख्यमन्त्री बन्नुभएको हो । यसअघि नेकपा एमालेबाट लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्रीको रूपमा शंकर पोखरेल र दोस्राे मुख्यमन्त्रीको रूपमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी बन्नुभएको थियो ।
गुल्मीकाे रुरु गाउँपालिका जन्मिनुभएका गिरीले स्नातकसम्मको अध्ययन गर्नुभएको छ । उहाँले भारत, चीन, जापान, अमेरिका र कोलम्बियाको भ्रमण गर्नुभएको छ ।
उहाँ यसअघिको सरकारमा उद्योग, वन, पर्यटन, वातावरण मन्त्री हुनुहुन्थ्यो । उहाँले केही समय लुम्बिनी प्रदेश सरकारमै आन्तरिक मामिला तथा कानुन मन्त्री र स्वास्थ्यमन्त्रीको रूपमा समेत काम गर्नुभएकाे थियाे ।
गिरी गएकाे मङ्सिर ४ गतेकाे चुनावमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ (क) बाट निर्वाचित हुनुभएकाे थियाे ।
सत्यपाटी संवाददाता । काठमाडौँ