सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस ‘देखावटी प्रतिपक्षी’

सत्ताबाहिरै रहेर प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर नेपाली कांग्रेस संसदमा ‘देखावटी प्रतिपक्ष’ का रूपमा सीमित हुने देखिएको छ ।

कांग्रेसले मंगलबार बिहान बसेको कार्यसम्पादन समिति बैठकमार्फत प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेसँगै प्रतिनिधि सभामा प्रचण्डका पक्षमा मतदान गरेको थियो ।

प्रतिनिधि सभामा विश्वासको मतमाथिको छलफलमा सहभागी हुँदै कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमा सहभागी नहुने तर प्रतिपक्षीको भूमिका दह्रो रूपमा निर्वाह गर्ने दाबी गरेका थिए ।

तर, उनको दाबी संघीय संसद पदाधिकारी तथा सदस्यको पारिश्रामिक र सुविधासम्बन्धी ऐन २०७३ ले चिन्दैन अर्थात कांग्रेसलाई प्रतिपक्षी मान्दैन ।

स्रोत :  राजधानी दैनिक
प्रकाशित मिति : २७ पुष २०७९, बुधबार ०७:४५