सूचनाको शक्ति - The Power Of Information

        

गण्डकीका मुख्यमन्त्रीले पुस २९ गते विश्वासको मत लिने

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते शुक्रवार विश्वासको मत लिने भएका छन् ।

आज मङ्गलवार सत्ता गठबन्धनसँग छलफल गरेपछि मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने संसद् सचिवालयलाई जानकारी गराएका छन् । पुस २९ गते दिउँसाे १ बजेका लागि प्रदेश सभाकाे बैठक डाकिएको छ ।

सरकारका प्रवक्ता सीता सुन्दासका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी प्रदेश प्रमुख र संसद् सचिवालयमा पुगिसकेको छ । अधिकारीले विश्वासको मत लिएपछि नै सरकार विस्तार र मन्त्रिहरूको कार्यविभाजन तोक्ने तयारी गरेका छन् ।

अहिले चार सदस्यीय मन्त्रीमण्डल छ ।

प्रकाशित मिति : २६ पुष २०७९, मंगलवार १९:२५